प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चार जना सांसदलाई बर्खास्त गरेको छ। चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ।
नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको पार्टी स्रोतले जनाएको छ।
यसअघि माओवादीले प्रतिनिधिसभा सांसद लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई बर्खास्त गरेको थियो।