आहा रारा गोल्डपको सम्पूर्ण तयारी पूरा , उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरी

आहा रारा गोल्डपको सम्पूर्ण तयारी पूरा , उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरी

पोखरा : १९ औं सस्करणको आहा रारा गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लव पोखराले जनाएको छ । यहि चैत २१ गतेदेखि २८ गतेसम्म संचालन हुने प्रतियोगितामा कोरोना भाइरसका कारण सुरक्षा मापदण्ड पालना गरी प्रतियोगिता संचालन गर्ने तयारी गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताउनुभयो । २१ गते उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लव भिड्ने भएका छन् ।

सो प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, विभगीय टोली एपिएफ, संकटा क्लब, मछिन्द्र क्लब, आयोजक टोली सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरि कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि राशिमा फेरबदल नगरिएको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० लाख १ हजार प्रदान गरिने क्लवका अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५ लाख १ हजार प्राप्त गर्नेछ ।

यसैगरी विधागत रुपमा सर्वाेत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गर्नेछ । यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच घोषित हुने प्रत्येकलाई ट्रफी तथा जनही २५ हजारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगिता प्रवेशमा क्वाटर फाइनलका खेल तर्फ प्रवेश टिकट दर रु १५०, सेमिफाइनल खेलमा टिकट रु. २०० र फाइनल खेलका लागि प्रवेश टिकट रु. ३०० रहेको आयोजकले जनाएको छ । सो प्रतियोगिताबाट बचत भएको रकमले पोखरा १७ दोविल्ला स्थित सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने आयोजकले जनाएको छ ।

यसैबीच १९ औं सस्करणलाई सहारा क्लवले पोखराका प्रतिष्ठित उद्योगपति तथा राजनीतिकर्मी स्व. सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने भएको छ । पोखराको फूटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उहाँको स्मृतीमा सहाराले प्रदान गर्ने विधागत अवार्डमा स्व केसीको नाम समेत जोड्ने भएको छ । जस अनुसार सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट गोलकिपर, सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट डिफेन्डर अवार्ड, सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट मिडफिल्डर अवार्ड, सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट स्ट्राईकर अवार्ड र सुर्यबहादुर के. सी. मेमोरियल वेष्ट कोच अवार्ड रहेका छन । सवै विद्यागत अवार्डमा ट्रफी र नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर