सन्जोक राईको गोलमा नेपाललाई बंगलादेशविरूद्ध सुरूवाती अग्रता

सन्जोक राईको गोलमा नेपाललाई बंगलादेशविरूद्ध सुरूवाती अग्रता

राजधानीमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिडिरहेका छन्। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले बंगलादेशविरूद्ध सुरूवाती अग्रता बनाएको छ।

नेपालका लागि सन्जोक राईले गोल गरेका हुन्।

खेको १८ औं मिनेटमा कर्नन बलमा राईले ले गोल गरेका हुन्।

नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय खेलमा राईले गोल गरेका हुन्।  यो सँगै नेपालले १८ महिना लामो गोलको खडेरी पनि तोडिएको छ। नवौं अन्तर्राष्ट्रिय खेलमा आएर नेपालले गोल गरेको हो।

थ्रि स्टारबाट व्यवसायीक फुटबल खेलिरहेका राईले आफ्नो करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

नेपालले यसअघि विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो। २-० गोल अन्तरमा जितेको खेलमा नेपालले  यसअघिको पछिल्लो अन्तर्राष्ट्रिय गोल थियो।‍ ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेका थिए।

ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो। अष्ट्रेलियासँग ५-० ले पराजित नेपाल जोर्डनसँग ३-० र कुवेतसँग १-० ले पराजित भएको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३-० ले पराजित भएको थियो।

नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपूर्ण खेल खेल्यो। तर त्यहाँ पनि नेपालले गोल गर्न सकेन। ढाकामा भएको पहिलो मैत्रीपूर्णमा २-० ले पराजित नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो।

नेपालको सुरुवाती-११

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई

फरवार्ड : अन्जन विष्ट

सम्बन्धित खवर