टाइम्स अस्पतालले गर्यो स्वास्थ्य सिविर

टाइम्स अस्पतालले गर्यो स्वास्थ्य सिविर

रंगेली, मोरङको रंगेलीमा रहेको टाइम्स अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेको भानु प्राथमिक बिधालयमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा वर्डङ्गा महादेवा र सिमावर्ति क्षेत्रमा रहेका बालबालिका, बृद्ध, बृद्धाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

गर्मि महिना सुरु भएकाले स–साना बालबालिकाहरुलाई बढि मात्रामा ज्वरो, रुघाखोकी, स्वासप्रस्वास सम्बन्धीका समस्या बढि मात्रामा देखा परेको स्वास्थ्यकर्मीहरुले बताए । सोहि क्रममा अस्पतालले स्थानीय हरुको सुगरको समेत निशुल्क परीक्षण गरेको थियो । शिविरमा २ सय जना बिरामीहरुले चेकजाँच गराएको टाइम्स अस्पतालले जनाको छ ।

शिविरमा डाक्टर प्रेम निरौला, अशेक ठाकुर, कृतिका श्रेष्ठ, मदन कुमार, स्वेता सुव्वा लगायत खटिएका थिए । अस्पतालले बिरामीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको टाईम्स अस्पतालका व्यवस्थापन प्रमुख पारस मंडलले बताए ।

वडा अध्यक्ष बुलन्द प्रसाद सिहंले गाउँमा आएर आफ्ना नागरिकलाई स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिए । कोरोनाको दोस्रो चरण देखा परेको समयमा सबै वडा वासीले सतर्कता अपनाउन पनि सिंहले अनुरोध गरे । अस्पतालको सिविरले वडावासीहरु लावान्वित भएको सिंहले बताए ।

सम्बन्धित खवर