नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ

नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ

बिराटनगर, झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार दिउँसो नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका ६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका ७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी ६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी ५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ ।

यसैगरी झापाकै बुद्धशान्ती गाउँपालिका ३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै सुनसरीको धरान उप महानगरपालिका २ बाट पाँचथरको फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषध सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर