निबन्ध प्रतियोगितामा जनता माविकी रोशिका अधिकारी बनिन् प्रथम

निबन्ध प्रतियोगितामा जनता माविकी रोशिका अधिकारी बनिन् प्रथम

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित उपभोक्ताको हकको कार्यान्वयनमा विद्यार्थीको भूमिका’ शिर्षकको निबन्ध प्रतियोगितामा रतुवामाईकी रोशिका अधिकारी प्रथम भएकी छिन् ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा प्रथम भएकी रतुवामाइ नगरपालिका ९ स्थित जनता माविमा अध्ययरत रोशिका अधिकारीले नगद रु १२ हजार रुपैयाँ प्राप्त गरिन् ।

यस्तै द्वितीय विराटनगरको अरनिको स्कूलकी लुनाकिरण सापकोटा, तृतीय उर्लाबारीको सुनपकुवा माविका अञ्जान मिश्र र चौथो धनकुटाको गोकुण्डेश्वर माविका पुष्पदिप विश्वकर्मा भएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर