लेउवा संघले दियो मृत्युको राहत रकम

लेउवा संघले दियो मृत्युको राहत रकम

लेखनाथ, लेखनाथ उद्योग बाणिज्य संघले आफना सदस्यहरुको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट पोखरा –२७ का स्व. शेख वहादुर जिसीको परिवारलाई सहयोग गरेको छ ।

संघले ब्यवसायी सदस्यको हितका लागि समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा ५० हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।

यसैक्रममा पोखरा –२७ शिसुवाका जि सी टेड्रसका संचालक ५७ वर्षीय शेख बहादुर जिसीको गत चैत २३ गते क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाको भ्रमणमा जादाँ अचानक ह्दयघात भई मृत्यु भएको थियो । भ्रमणका क्रममा स्वर्गद्धारीमा आकस्मिक रुपमा निधन भएपछि पिडित परिवारलाई राहत स्वरुप ५० हजार प्रदान गरिएको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिनुभयो ।

स्वर्गीय परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको एक प्रतिनिधी टोलीले आईतवार स्वर्गीय जिसीको घरमा नै पुगी छोरी प्रिया जिसीलाई सहयोग स्वरुपको चेक पुर्व स्वास्थ्य मन्त्रि तथा संघिय सासंद खगराज अधिकारीले प्रदान गर्नुभएको हो ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका ३ जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय जिसीका श्रीमती कृष्ण कुमारी जिसी, छोरा प्रसान्त जिसी, प्रकाश जिसी र छोरी प्रिया जिसी रहेका छन् ।

सम्बन्धित खवर