पथरी शनिश्चरे वडा नं. ९ को वडा कार्यालय उद्घाटन

पथरी शनिश्चरे वडा नं. ९ को वडा कार्यालय उद्घाटन

पथरी, मोरङको पथरी शनिश्चरे ९ को नवनिर्मित वडा भवनको शनिवार उद्घाटन भएको छ ।

शनिश्चरेमा रहेको वडा भवनको नगर प्रमुख दिलिप कुमार राई र उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले नगरमा भएका थुप्रै कार्यक्रमहरु मध्ये वडा कार्यालयहरु निर्माण पनि मुख्य योजनामा रहेको बताउनुभयो । अन्य थुप्रै बिकासका कामहरु भएता पनि हरेक वडाहरुले आफ्नो व्यवस्थित वडा भवन पाउने कुराले सार्थकता पाउदै गएको राईले बताउनुभयो । वडाको भवन बनाउन सफल भएकोमा सम्पूर्ण वडाबासीलाई मेयर राईले शुभकामना दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि यमुना विष्ट बाँस्तोलाले निर्माणाधिन वडाहरु मध्ये पहिलो भएकामा बधाइ दिनुभयो । संरचनागत रुपमा गरिने बिकास मात्रै नभएर नगरले मानव संसाधन विकासमा पनि जोड दिएको बाँस्तोलाले बताउनुभयो । निर्माणधिन अवस्थामा रहेका सबैवडाहरुको जग्गा निःशूल्क प्राप्त गरेको कुराले नगरलाई निकै सहज भएको बाँस्तोलाको भनाइ थियो ।

कार्यक्रममा वडा अध्यक्षहरुका तर्फबाट वडा नं. २ का अध्यक्ष तथा नगरका प्रवक्ता याम प्रसाद गुरागाँईले शुभकामना दिनुभयो । वडाबासीले पाउने सुविधामा अझै सहज हुने भन्दै गुरागाँईले सम्पूर्ण वडाबासीमा बधाइ दिनुभयो ।

भिडियाे

कार्यक्रममा नेकपा एमालेका तर्फबाट वडा संयोजक फडिन्द्र कार्की, नेपाली कांग्रेसका तर्फबाट वडा सभापती पिताम्बर बास्कोटा लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

पथरी शनिश्चरेमा वडा नं. २, ३, ७, ८ र ९ वडा कार्यालय भवन नव निर्मित हुन् । यी ५ वटै भवन निर्माणका लागि २०७६ माघमा पर्शुराम निर्माण सेवाले टेण्डर पारेको थियो । २ तले भवनमा तल्लो तलामा बैठक हल र दर्ता चलानी, माथिल्लो तलामा प्रशासनिक काम र जनप्रतिनिधिहरुको कार्य सम्पादनका लागि कोठा व्यवस्थापन गरिएको छ । भवन निर्माणका लागि निर्माण कम्पनीले भ्याट बाहेक ४७ लाख ५३ हजार ९९८ रुपैँयामा जिम्मा लिएको थियो ।

लकडाउन अवधीमा पनि निरन्तर रुपमा काम गरेर निर्माण कम्पनीले काम सम्पन्न गरिरहेको छ । कम्पनीले अरु ४ वटा वडाहरु पनि चाडैँ नै सम्पन्न गर्ने गरी काम गरिरहेको छ ।

सम्बन्धित खवर