मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ र उदयपुरबाट बिहीबार दिउसो लागुऔषध सहित २ जना पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट सुनसरी ईटहरी ६ का २० बर्षीय शुसित बिश्वकर्मालाई लागुऔषध DIALEX-DC-2 बोतल , NITRAVET-150 चक्की सहित पक्राउ गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका -११ मेन चौक नजिकबाट सोही स्थानका ३२ बर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिलि ग्राम, नगद रु.१४,०३५– सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उपर थपअनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर