नारी दिवशको अवसरमा लेटाङका ९ जना महिला सम्मानित

नारी दिवशको अवसरमा लेटाङका ९ जना महिला सम्मानित

लेटाङ, १११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मोरङको लेटाङ नगरपालिकाले नगरका ९ जना श्रमीक महिलालाई सम्मान गरेको छ ।

दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने महिलाहरू नगद २ हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताउनु भयो ।

सम्मानित हुने हरूमा वडा नं १ देखि ९ सम्मका क्रमश विष्णुमाया आचार्य , प्रेमकुमारी राई ,हस्ता शाक्य ,चन्द्रा श्रेष्ठ र होमा विक हुनुहुन्छ । यस्तै सम्मानित हुनेमा जानुका लिम्बू, राधादेवी पोख्रेल,प्रमिला वयलकोटी र भूमिका दूलाल रहनु भएको छ । श्रमीक महिलालाई सम्मान गर्दै नगर प्रमुख शङ्कर राईले जनप्रतिनिधि आएपछि नगरका कार्यक्रमहरू सबै क्षेत्र ,वर्ग, लिङ्ग र समूदायमा पुगेका बताउनु भयो । नगर प्रमुख राई श्रमको सम्मान गर्दै उहाँहरूलाई अझ राम्रो उद्यम लाग्न प्रेरित गर्नुभयो ।

नगरपालिका परिसरमा नगर उप प्रमुख कृष्णकुमारी पोख्रेल निरौलाको सभापतित्वमा भएको कार्यक्रममा महिलाहरू गीत कविता सुनाएका थिए । कार्यक्रम नगरपालिकाको सहयोग एवं सीडीएफ नेपाल, ओरेक नेपाल, हर्डन मोरङ, लेटाङ महिला फेडेरेसन र ग्रामीण महिला विकास केन्द्रको संयोजनमा भएको थियो । इनेपालपत्र

सम्बन्धित खवर