सामुदायिक विद्यालय तथा बालबिकास केन्द्रका विद्यार्थीलाई टिफिन बितरण

सामुदायिक विद्यालय तथा बालबिकास केन्द्रका विद्यार्थीलाई टिफिन बितरण

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालय तथा बालबिकास केन्द्रका कक्षा १ सम्मका सम्पूर्ण १ हजार १ सय ६० जना विद्यार्थीलाई खाजा खाने टिफिन बट्टा वितरण गरेको छ ।

गत आर्थिक वर्षको कार्यक्रम रहेपनि कोरोना भाइरसको असरकाकारण केही विद्यालयमा वितरण गर्न बाँकी रहेको टिफिन बट्टा यस पटक वितरण सम्पन्न गरिएको हो । आज वडा नम्बर ६ को रामजानकी आधारभूत विद्यालयमा ३९ र ७ को बालकल्याण माविमा ३३ जनालाई जनही टिफिन बट्टा वितरण भएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले र सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा सम्मिलित भई टिफिन बट्टा वितरण गरिएको थियो । सो टोलीले ती विद्यालयको पठनपाठन र दिवा खाजाको अवस्थाका बारेमा समेत जानकारी लिएको छ ।

विद्यार्थीको नियमित पठनपाठनमा सहभागिता गराउँदै गुणस्तरीय शिक्षामा सहयोग पुर्याउन नगरका २८ वटा सामुदायिक विद्यालयका १ हजार १ सय १५ र समुदायमा आधारित ३ वटा बालबिकास केन्द्रका ४५ गरी कुल १ हजार १ सय ६० जना विद्यार्थीलाई टिफिन बट्टा वितरण भएको छ ।

सम्बन्धित खवर