प्रहरीका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो गाउँले साथीभाइसँग घाँस काट्न जङ्गल पसेकी उनलाई हात्तीले आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनदेखि जलथलको चारकोशे जङ्गलबाट निस्किने जङ्गली हात्तीले त्यस क्षेत्रमा आतंक मच्चाउँदै आएका छन् । आहारको खोजीमा गाउँघर निस्किँदै आएका हात्तीले दर्जर्नाै घर भत्काइसकेको स्थानीयले बताएका छन् ।