वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ । सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् ।
यस्तै मोरङको रतुवामाईबाट ४ जना उक्त एकता अभियानको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । मनोनीत हुनेमा डिवी कार्की, दुर्गा बहादुर बिष्ट र मेघराज कट्टेल रहेका छन् ।
एकतापछि बनेको पार्टी-नेकपाका प्रदेश कमिटी सल्लाहकार सदस्य रहेका डिवी कार्की माधव नेपाल निकटका व्यक्ति मानिन्छन् । त्यस्तै दुर्गा बिष्ट र मेघराज कट्टेल मोरङ जिल्ला कमिटी सदस्य रहेका थिए । उनीहरु पनि माधव नेपाल निकटका व्यक्ति हुन् ।