रंगेली : मोरङको रंगेली स्थित रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले कक्षा ११ का नव विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्कुलले शनिवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा नया भर्ना भएको ८२ जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । रंगेली नगरपालिका मेयर दिलिप वगडीयाको प्रमुख आतिथ्यमा आयोजित स्वागत कार्यक्रममा विद्यालयका प्रिन्सीपल विर्कण कार्कीले दक्र्षिणपुर्वी मोरङको छात्रछात्रा उच्च शिक्षाका लागी विराटनगर सम्म धाउनु पर्ने वाध्यता रहेकाले रंगेलीमै गुणस्तीय शिक्षा प्रदान गर्न कक्षा ११ र १२ को पठनपाठन शुरु गरेको बताउदै विभिन्न संकायका विषयहरु क्रमश विस्तार गर्न योजना रहेको बताउनुभयो । सो अवसरमा नव भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो । उतm स्वागत कार्यक्रममा विधार्थीहरुले आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी दिलिप वगडीयाले मिनिल्याण्ड बोङिग स्कुलले रंगेलीको शैक्षिक क्षेत्रको विकासका लागी पु¥याएको योगदानको प्रसंशा गर्दै रंगेली नगरपालिकाले निजी विद्यालय र सामुदायी विद्यालयलाई समान व्यवहार गर्दै आएको बताए ।
