गण्डकी प्रदेशले जित्यो टाइगर कपको उपाधि

गण्डकी प्रदेशले जित्यो टाइगर कपको उपाधि

गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

पोखरा रंगशालामा निकै रोमान्चक बनेको फाइनलमा पहिलो सेट गण्डकीले २५-२२ ले जितेको थियो ।

दोस्रो सेट २५-२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा गण्डकीले ३२-३० को जित निकाल्दै २(१ को अग्रता बनायो ।

तर, चौंथो सेट आर्मीले २५-२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।

पाँचौं सेटमा १५-११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो ।

उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।

महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार नै भएको फाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा पुलिसले डर्बी क्लब एपीएफमाथि २५-२२, २५-२२ र २५-२१ को सेटमा जित निकाल्यो ।

उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको थियो।

सम्बन्धित खवर