मोरङको जहदामा ज्वाईले गरे सासुको हत्या

मोरङको जहदामा ज्वाईले गरे सासुको हत्या

मोरङको जहदा १ धुनि टोलमा ज्वाँईले सासुको हत्या गरेका छन् ।

ज्वााईले आफ्नै सासुलाई दाउले प्रहार गरी हत्या गरेका हुन् । घरायसी विवादका कारण ज्वाँई प्रेमलाल सरबरीयाले हिजो दाउले प्रहार गरेका थिए । ५५ वर्षीय वर्षीय जोसनी देवी सरबरीयालाई टाउकोमा प्रहार गरेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

घाइते सरबरीयालाई कोशी अस्पतालमा भर्ना गरिएको भएता पनि उपचार सम्भव नभएपछि नोवेल अस्पतालमा रेफर गरेर उपचार भइरहेको थियो । उपचारका क्रममा आज सरबरीयाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

घटनामा संलग्न झापा गौरिगञ्ज ९ निवासी प्रेमलाल सरबरीयालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

सम्बन्धित खवर