सुकुम्बासीकाे धनिपूर्जा आउने कुरामा कांग्रेसमा आशंका

सुकुम्बासीकाे धनिपूर्जा आउने कुरामा कांग्रेसमा आशंका

पथरी, पछिल्लो समयको राजनैतिक खिचातानीले सुकुम्बासीले लालपूर्जा पाउने कुरामा आशंका उब्जिएको भन्दै नेपाली कांग्रेस मोरङ पथरी शनिश्चरेले नगरमा ज्ञापन पत्र बुझाएको छ ।

सरकार आफैँ संसद बिघटन गर्ने अनि काम चलाउ सरकारले धमाधम नियुक्ती गर्दै काम अगाडी बढाउदा पुर्जा वितरण गर्ने कुरामा आशंका रहेको नगर सभापती टेक बहादुर थापाले बताउनुभयो । आइतबार थापाको नेतृत्वमा नगरपालिका पुगेका नेताहरुले सुकुम्बासी समस्या समाधान हुनेकुरामा अझैपनि शांका गर्ने प्रयाप्त ठाउँ रहेको बताए ।

नगर देखि वडा तहसम्म सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि बनाइएको समितिमा समेत राष्ट्रिय राजनीतिमा रहेका पाटिलाई बेवास्ता गरेको धनकुमार तामाङले बताउनुभयो । तोएिको मापदण्डमा समिति नबनाएर नेकपाले आफ्नो बल मिचियाइँ गरेको तामाङको भनाइ छ । देशमै सबैभन्दा ठुलो र जटिल समस्याका रुपमा रहेको यस क्षेत्रको भूमी सम्बन्धी समस्या समाधान गर्न सबैको सहकार्य नभए असम्भव हुने सहभागीहरुले बताए ।

कांग्रेसले यसअघि पनि विभिन्न विषयहरुमा बुझाएका ज्ञापन पत्रको वेवास्ता गरेको नगरसचिव दुर्गा प्रसाद भट्टराईले बताउनुभयो । नगरदेखि वडासम्म समिति बनाउदा सर्वदलीय रुपमा, सबैको सहकार्यमा र आयोगले तोकेबमोजिम गर्न नगर कांग्रेसले माग गरेकाे हाे । ऐलानी जग्गाको मात्रै नापी नगरेर दोहोरो स्वामित्वमा रहेको मुख्य समस्या भएको भन्दै सो विषयमा पनि गम्भिर हुन कांग्रेसले सुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिलिप कुमार राईले आयोगको ढाँचा अनुसार नै कार्य अगाडी बढाएको बताउनुभयो । आयोगले तोकेअनुसारको काम नगरले गर्ने तर सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई पूर्जा दिने काम सरकारको भएको बताउनुभयो । दोहोरो स्वामित्वमा भएकाहरुको व्यवस्थापन लगायतका सबै विषयमा सरकारले नै कार्य गर्नुपर्ने राईको भनाइ थियो ।

आयोगले अहिले नगरका सबै वडाहरुमा लगत संकलन कार्य गरिरहेको छ ।


सम्बन्धित खवर