धरानमा बन्दकर्ता र मजदुर बिच झडप, कुनैपनि सवारी साधनहरु चलेका छैनन्

धरानमा बन्दकर्ता र मजदुर बिच झडप, कुनैपनि सवारी साधनहरु चलेका छैनन्

धरानमा बिहानै झडप भएको छ । नेकपाको दाहाल नेपाल समूहले गरेको बन्दको क्रममा मजदुर बन्दकर्ताहरु बिच झडप भएको हो ।

भानुचौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानै देखि प्रदर्शन गरेका थिए । बन्दकर्ताले ट्याम्पोलाई अवरोध गर्न खोज्दा ट्याम्पोवालालाई दुर्व्यवहार गरिएको भन्दै यातायात मजदुरहरू प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा दुवै पक्षबिच झडप भएको हो ।

टायर बाल्नेक्रममा प्रहरीले अवरोध गरेको र बन्दकर्ताले बाल्न खोजे पछि मजुदरसंग सामान्य झडप भएको नेकपा सङ्घर्ष समितिका सहसंयोजक चोत्लुङले बताएका छन् ।

धरानमा अरू बेलाको बन्द भन्दा आजको बन्द भानुचौकमा बढी कडाइ गरिएको छ । भानुचौकमा बन्द कर्ता थुप्रै कार्यकर्ताहरूको उपस्थिति रहेको छ । यस्तै एकातिर मजदुरहरूको पनि उपस्थिति रहेको छ ।

बन्दकर्ताहरुको अवरोधका कारण धरानबाट लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । कपुरी न्युजको सहयोगमा

सम्बन्धित खवर