फागुनमा कुनैपनि हालतमा महाधिवेशन हुदैनः डा. शेखर कोइराला

फागुनमा कुनैपनि हालतमा महाधिवेशन हुदैनः डा. शेखर कोइराला

पथरी, फागुनमा कुनैपनि हालतमा नेपाली कांग्रेसको महाधिवेशन हुन नसक्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताउनुभएको छ ।

आइतबार मोरङको क्षेत्र नं. १ लेटाङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न आउनुभएका नेता कोइरालाले अहिलेको अवस्थामा महाधिवेशन गर्न नसकिने बताउनुभएको हो । महाधिवेशन प्रतिनिधि तथा क्षेत्र नं. १ ख का उम्मेद्वार समेत रहेका इश्वरी प्रसाद कोइरालाको मृत्यु भएको ६६ औँ दिनमा आयोजित श्रदाञ्जली सभालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताउनुभएको हो ।

ओली नेतृत्वको नेकपा सरकारले गरेको असम्बैधानिक कदमका कारण कांग्रेसको महाधिवेशन पनि समयमा गर्न नसकिने कोइरालाले बताउनुभयो । विधानतः महाधिवेशनको मिति ६ महिनासम्म मात्रै सर्न सक्ने भएकाले २०७८ भदौ भित्रमा जसरी पनि महाधिवेशन गर्नुपर्ने कोइरालाले बताउनुभयो । ओलीले गरेको असम्बैधानिक कदमका बिरुद्ध सबै एकजुट हुनुपर्ने औल्याउदै कोइरालाले प्रधानमन्त्री ओलीले तोकेको समयमा निर्वाचन गराउने कुरामा पनि शंका रहेको बताउनुभयो । डा. कोइरालाले भन्नुभयो–संगै हुदा प्रचण्ड र माधवकुमारले वेवास्था गरेका कारण ओलीले एकलौटी रुपमा राणाशासन जस्तोगरी सरकार चलाएका छन् । दाहाल, नेपालले भर्खरै मात्रै ओलीलाई बुझेर झसंग भएका छन् । आत्तिहाल्नु पर्दैन कांग्रेस यस्ता कठिन परिस्थितीमा सधैं जनतासंगै छ ।

सम्बन्धित खवर