५ औँ रिफ्युजी च्यालेन्ज कपको उपाधी आयोजक वाइएफसीलाई

५ औँ रिफ्युजी च्यालेन्ज कपको उपाधी आयोजक वाइएफसीलाई

पथरी, रिफ्युजी च्यालेन्ज कपको ५ औँ संसकरणको उपाधी आयोजक वाइएफसीले हात पारेको छ ।

बिहिबार भएको फाइनल खेलमा योङ ब्रदर्श शिरिजंगालाई २–० गोल अन्तरले परजित गर्दै वाइएफसीले उपाधी हात पारेको हो । वाइएफसीका लागि खेलको २२ औँ मिनेटमा जर्सी नं. ४ का बिक्रम लिम्बूले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । पनूः खेलको ६६ औँ मिनेटमा जर्सी नं. १० का निसान लिम्बूले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । यसअघि पनि पाएका थुप्रै अवसरहरुको आयोजकले सदुपयोग गर्न सकेन ।

यता शरिजंगाका राजकुमार कन्दङ्वाको कर्नर प्रहारलाई सुजन चौधरीले उत्कृष्ट हेड गरेका थिए तर गोलमा परिणत हुनसकेन । खेल समयावधीभर पाएका थुप्रै अवसरहरुको सदुपयोग गर्न नसक्दा शिरिजंगाले नतिजा २–० गोल अन्तरमा सुम्पन बाध्य भयो ।
बिजेता वाइएफसीले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो । उपबिजेतामा सिमित शिरिजंगाले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

आजको खेलको म्यान अफ दि म्याच वाइएफसीका बिक्रम लिम्बू घोषित हुदैँ २ हजार ५ सय र मेडल हात पारे । खेलको उत्कृष्ट गोल रक्षक वाइएफसीका छिरिङ तामाङ, उदयीमान खेलाडी निरज परियार, वेस्ट फर्वड उमेश राई, वेस्ट डिफेन्स पदम भट्टराई, वेस्ट प्लेयर अफ दि टुर्नामेन्ट नविन गुरुङ, वेस्ट कोच युवराज साङपाङ राई, वेस्ट मिडफिल्डर शिरिजंगाका राजकुमार कन्दङ्वा र सर्वाधिक गोल कर्ता शिरिजंगाका सन्तोष न्यौपाने घोषित हुदै जनही ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

यसअघि फाइनल खेलको उद्घाटन नगर प्रमुख दिलिप कुमार राईले गरेका हुन् । राईले नगरमा रहेका थुप्रै मैदानहरु मध्ये पथरी शनिश्चरेका लागि उत्कृष्ट मैदान छनोट गरेर नगरले त्यसको विकास र संरक्षणका लागि काम थाल्ने बताए । राईले खेलाडीहरुलाई अग्रिम बधाइ दिदै खेल आयोजनाका लागि नगरपालिका पनि सहकार्य गर्न तयार रहेको प्रतिवद्धता गरे ।

मोरङको पथरी शनिश्चरे १० सिविर डाँडामा रहेको पथरी शनिश्चरे मैदानमा खेल आयोजना गरेको हो । माघ २ गतेबाट सुरुभएको खेलको फाइनल विहिबार भएको हो । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भएको हो । प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको थियो ।

 


सम्बन्धित खवर