विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ

विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर : विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेका छन् । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल १०एम्पुल, फेनारगन १० एम्पुल, लुपिजेसिक १० एम्पुल र डाईजोल्याब १० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

 

सम्बन्धित खवर