सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

उर्लाबारी, सुरक्षित आप्रवासन सम्बन्धी परियोजना सामीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार मोरङको उर्लाबारी नगरपालिका हलमा सो कार्यक्रम सम्पन्न भएको हो । सुरक्षित आप्रवासनका विषयमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, सामाजिक अगुवा, पत्रकार लगायतसंग अन्तरक्रिया सम्पन्न गरेको हो ।

वैदेशिक रोजगारको वर्तमान अवस्था, त्यहाँ हुने समस्या र सामी परियोजनाले खेलिरहेको भूमिकाका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो । वैदेशिक रोजगार सम्बन्धी संविधानमा भएका प्रवधान, वैदेशिक रोजगार नियमावली र स्थानीय सरकार संचालन ऐनमा भएका प्रवधानहरुका बारेमा समेत छलफल गरिएको छ ।

सामी परियोजना मार्फत सूचना केन्द्र, सिपमूलक तालिम, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श सहयोग तथा पूनः एकीकरणलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । सामीले हाल वैदेशकि रोजगारमा जाने र गएर आएकाहरुलाई सिपमूलक तालिमहरु प्रदान गर्नुका साथै न्यायिक सहयोग समेत निशूल्क उपलब्ध गराउदै आएको परियोजना मोरङकी कार्यक्रम संयोजक मनिषा थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर