पथरी,
५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलको आजको खेलमा फेयर फुटबल क्लब धरानलाई पराजित गर्दै बेलबारी फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।
दुवै टिमले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछी खेल टाई-ब्रेकर तर्फ धकेलिएको थियो । टाई-ब्रेकरले पनि खेलको निर्णय दिन नसकेपछी सडन डेथमा धरानका सुसन लामिछानेले गोल गर्नबाट चुकेसँगै बेलबारी फुटबल क्लब बिजयी बनेको हो । बेलबारीका कप्तान राज कुमार राईको गोलले धरान फुटबल क्लबलाई हार स्विकार्न बाध्य बनायो ।
टाई-ब्रेकरमा धरानका निमन लिम्बु, निपु तामाङ्ग र साजन राईले गोल गरेका थिए भने दिवस राई र अनिल धामीको प्रहारले गोलको संज्ञा पाउन सकेन । यता बेलबारिका तर्फबाट विवेक पौडेल, विल्सन गिरि र अन्जान राईले गोल गरे भने मौसम लिम्बू र कासिम राई गोल गर्नबाट चुके । खेलको पूरा समय नै दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि कुनै गोल गर्न सकेनन् । दुवै टिमले निकै वटा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएको हो।
आजको खेलको मेन अफ द म्याच बिजेता टोलि बेलबारी फुटबल क्लबका गोलरक्षक अभिषेक बराल घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक-वाई एफ सि (ए) र लेटाङ्ग फुटबल क्लब बिच हुनेछ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ। मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (YFC) को मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहेको छ। प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर (ILC), अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबकाे सहयोग रहेको प्रतियोगीता संयोजक करन राईले बताउनु भयो। प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन।