जि.एस.ले पथरीमा लोकसेवा तयारी कक्षा गराउँदै

जि.एस.ले पथरीमा लोकसेवा तयारी कक्षा गराउँदै

पथरी, जि.एस. टेक्निकल इन्ष्टिच्युट प्रा.लि.ले मोरङको पथरीमा लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।

सरकारी सेवा प्रवेशका लागि नायव सुब्बा र खरिदार (पाचौँ र चौथो) तहको तयारी कक्षा सुरु गरेको इन्ष्टिच्युटका प्रबन्ध निर्देशक सुमन श्रेष्ठले जानकारी दिनुभयो । शनिबार अन्तरकृया कार्यक्रमको आयोजना गरेर सोमबारबाट कक्षा सुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष पनि जि.एस.ले लोकसेवा तयारी कक्षा गराएको थियो । अघिल्लो वर्ष १८ जना सहभागी भएकामा ३ जनाले नाम निकाल्न सफल भएको श्रेष्ठले जनाउनुभयो । बिराटनगर बाहिर लोकसेवा तयारी गराउने इन्ष्टिच्युटहरु नभएको अवस्थामा जि.एस.ले पथरीमा सुरु गरेको हो ।

विभिन्न स्थानीय तहहरुमा लोकसेवा तयारीका लागि बजेटहरु बिनियोजन हुने तर उपलब्धी शून्य भइरहेको अवस्थामा सर्वाधिक विद्यार्थी उपलब्धी आउनेगरी कक्षा सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार प्रथम पत्रका लागि अनुभवी प्रशिक्षकहरुबाट कक्षा सुरु गरिएको छ । प्रथम पत्र पास गर्नेलाई दित्तीय पत्रका लागि पनि सहजीकरण गरिने छ ।

सम्बन्धित खवर