बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका-३ सेउपाँखास्थित सडकमा प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले मे.६ प ३७४४ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक कानेपोखरी गाउँपालिका-५ बस्ने ३७ वर्षीय सूर्य बहादुर धिमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २५ वर्षीया तृत्णा खनाललाई थप उपचारको लागि विएनसी अस्पताल विर्तामोड रिफर गरिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: