प्रथम मंगलबारे–शुक्रबारे फुटबल हुने

प्रथम मंगलबारे–शुक्रबारे फुटबल हुने

पथरी, मोरङको पथरी शनिश्चरे ८ मा मंगलबारे–शुक्रबारे नकआउट फुटबल आयोजना हुने भएको छ ।

मंगलबारे–शुक्रबारे क्लबले माघ ३ गते देखि खुला नकआउट फुटबल प्रतियोगिता २०७७ को आयोजना गर्ने जनाएको छ । शनिबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

क्लबका अध्यक्ष कमल लावतीका अनुसार प्रतियोगितामा झापा , मोरङ र सुनसरीका ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पाउनेछन् । यस्तै उप विजेताले २५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

स्थानीय समाल डाँडा खेलमैदानमा हुने प्रतियोगितालाई पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ८ ले प्रथम पुरस्कार सौजन्य गरेको छ । यस्तै सोही वडाबाट निर्वाचित जनप्रतिनिधिहरूले दोस्रो पुरस्कार र खेल सामग्री वापत ३० हजार रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ ।

पथरी शनिश्चरे ८ बाट बैदेशिक रोजगारमा गएका युवाहरूको आर्थिक सहयोग नै प्रतियोगिताको मुख्य स्रोत रहेको सचिव अनील लिम्बूले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर