७० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिक सम्मानित

७० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिक सम्मानित

पथरी, मोरङको पथरी शनिश्चरे वडा नम्बर ५ का ७० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिकलाई आज सम्मानित गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल ५ नम्बर वडा समितिको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकलाई स्वेटर र गलबन्दी प्रदान गरी सम्मानित गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख वास्तोला, कार्यवाहक वडाध्यक्ष चेतन खड्का, समन्वय केन्द्र नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले ज्येष्ठहरुको सम्मानका लागि आउने पुस्ताले ध्यान पुर्याउनु पर्ने जनाउनु भयो ।

वडाको ज्येष्ठ लक्षित बजेट अन्तर्गत ६५ हजार रुपैयाँमार्फत कार्यक्रम सम्पन्न भएको केन्द्रका ५ नम्वर वडाध्यक्ष मोहनप्रसाद दंगालले जनाउनु भयो ।

सम्बन्धित खवर