उर्लाबारी आइतबारेमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

उर्लाबारी आइतबारेमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

पथरी, मोरङको उर्लाबारीमा आज बेलुका बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पौने ५ बजेतिर उर्लाबारी – ४ आईतबारेस्थित राजमार्गमा पूर्वबाट पश्चिम आउँदैगरेको को १ ख ६२७८ नम्बरको बसले बिपरित दिशाबाट जाँदैगरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक दमक – ४ ताराबारीका ३२ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको हो ।

गम्भिर घाईते भएका कार्कीको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाईकलको पछाडी सवार सोही ठाउँका ३१ वर्षीय उत्तम कट्वाल घाईते भएका छन् । उनको अरनिकोमै उपचार भईरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित खवर