संग्रहालय निर्माणको काम अघि बढाउने पहल गर्न समिति गठन गर्ने निर्णय

संग्रहालय निर्माणको काम अघि बढाउने पहल गर्न समिति गठन गर्ने निर्णय

पथरी, मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले विभिन्न ६ बुँदामा निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत साँस्कृतिक संग्रहालय निर्माणस्थलको क्षेत्रफल यकिन गर्न र सम्बन्धित पक्षसँग संग्रहालय निर्माणको काम अघि बढाउने पहल गर्न समिति गठन गर्ने निर्णय गरेको छ । जसको संयोजकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सदस्यमा ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल र १० नम्वर वडा सदस्य अनोज घिमिरे चयन हुनु भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

नगरको सडक क्षेत्रमा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार गरी मानवसेवा आश्रम विराटनगरमा पुनस्र्थापना गराउने कार्यको अगुवाई नगर उपप्रमुख वास्तोलाले गर्ने बैठकले निर्णय गरेको छ । यसका साथै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका प्रस्तावहरुको फिल्ड भेरिफिकेसन गर्ने, सिंचाईमा मोटरका लागि रकम थप व्यवस्थापन गर्ने सहितका निर्णय भएको छ ।

बैठकले, राजस्व परामर्श समितिले केही छुट भएका करहरुको सिफारिसलाई अनुमोदन गर्नुका साथै सडक क्षेत्रमा निर्माण सामग्री राखिए तथा नगरको अनुमति नलिई सडकमा सूचना बोर्ड (होडिङ बोर्ड) राखिए जरिवाना सहितका कारवाही गर्ने, बजार खण्डमा व्यापारिक प्रयोजनका लागि पार्किङ गर्न नपाउने र त्यसो गरेमा जरिवाना गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित खवर