प्रभु साह प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहमा

प्रभु साह प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहमा

नेकपा सांसद एवं केन्द्रीय सदस्य प्रभु साह प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहमा लागेका छन्।

प्रचण्ड नेपाल समूहबाट माधव कुमार नेपाल अध्यक्ष बनेपछि साह असन्तुष्ट बनेका थिए।

मंगलबार र बिहीबार दुई दिन बसेको प्रचण्ड‍-नेपाल समूहको बैठकमा साह सहभागी थिए।

पार्टीमा दुई अध्यक्ष राख्नु हुँदैन भनेर उनले सार्वजनिक वक्तव्य समेत दिएका थिए।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह नेपालसँग पार्टी एकतादेखि नै असन्तुष्ट बन्दै आएका थिए।

नेकपाको अन्तर्संघर्षमा साह तटस्थ रहँदै आएका थिए। मन्त्री हुने भएसँगै साह अब ओली समूहमा लागेका छन्।

 

सम्बन्धित खवर