प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको आजको खेलमा हेरिका न्यू स्टार बिजयी

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको आजको खेलमा हेरिका न्यू स्टार बिजयी

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको आजको खेलमा हेरिका न्यू स्टार बिजयी भएको छ ।

खेलको ७ औँ मिनेटमा हेरिका न्यू स्टारका जर्सि नं. ४ का खेलाडी मिन धिमालले गरेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जर्सी नं. १० का विवेक लिम्बूले हेड मार्फत गरेको गोल नै निर्णयक बन्यो । खेल अवधिभर निकै प्रयास गरेता पनि न्यूस्टारका अगाडी शिखर एफसी निरिह बन्यो ।

यसपछि पनि हेरिका न्यू स्टारले निकै अवसरहरु पाएको थियो । १४ औँ मिनेटमा अजय धिमालले गरेको कर्नर किक बिफल भएको थियो । २३ औँ मिनेटमा रमेश लिम्बूले प्रहार गरेको उत्कृष्ट फ्रिकिक पनि गोलमा परिणत हुन नसकेपछि खेलमा न्यूस्टार थप गोल गर्नबाट चुक्यो ।

शिखर एफसीका सुरेश गुरुङले खेलको १० औँ मिनेटमा उत्कृष्ट कर्नर प्रहार गरेका थिए तर बलले पोस्टको दिसा लिन सकेन । १२ औँ मिनेटमा पूनः सुरेशले नै प्रहार गरेको कर्नर न्यू स्टारका मिन धिमालले हेड मार्फत बचाए पछि शिखर एफसी अंक सुम्पन बाध्य भयो ।

आजको खेलमा जित हांसिल गरेपछि हेरिका न्यू स्टारले ४ अंक बनाएको छ । आजको खेलमा हार व्यहोरेसंगै शिखर एफसी खेलबाट बाहिरिएको छ ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच हेरिका न्यू स्टारका खेलाडी महेन्द्र मगर घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

शनिबारको तेस्रो चरणको खेल हिमाअस हाइवे र श्रीजंगा एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर