प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा हिमाअस हाइवे र हेरिका न्यूस्टारले अंक बाँडे

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा हिमाअस हाइवे र हेरिका न्यूस्टारले अंक बाँडे

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा हिमाअस हाइवे र हेरिका न्यूस्टारले अंक बाँडेका छन् ।

खेलको १९ औँ मिनेटमा हिमाअस हाइवेका जर्सि नं. ६ का खेलाडी आशिस गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यसपछि पटक पटक पाएका सुनौला अवसरलाई हाइवेले गोलको दिसा दिन नसक्दा थप गोल गर्न सकेन । खेलको ४३ औ मिनेटमा डिबक्स एरियामा फल गरेपछि हेरिकाले पेनाल्टी हान्ने अवसर पायो । सोही अवसरको सदुपयोग गर्दै टिम क्याप्टेन रहेका मिन धिमालले गोल गर्न सफल भए ।

खेलअवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । हाइवेका असिम राईले गरेको निकै उत्कृष्ट प्रहार न्यूस्टारका गोल रक्षकले बिफल पारिदिए । खेलको ४४ औँ मिनेटमा न्यूस्टारका विवेक लिम्बूले पनि निकै उत्कृष्ट प्रहार गरेका थिए तर जाली चुमाउन नसक्दा गोल थप गर्ने अवसर गुम्यो ।

खेलको दोस्रो हाफमा पाएका कयौँ अवसरको सदुपयोग गर्न नसक्दा दुवै टिमले थप गोल गर्न सकेनन् । बराबरी खेलेपछि दुवैटिमले १–१ अंक बाँडेका छन् । यसअघिको खेलका हाइवेले बराबरी खेलेको थियो भने न्यूस्टारले हार ब्यहोरेको थियो ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच न्यूस्टारका खेलाडी मिन धिमाल घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

मंगलबारको खेल शिखर एफसी र श्रीजंगा एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर