प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदय बिजयी

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदय बिजयी

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय क्लव बिजयी भएको छ ।

खेलको १५ औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । निर्धारित समयमा दुवैटिमबाट कुनैपनि गोल थप हुन सकेन । १–० ले अग्रता कायम गरेको नवोदयले खेलको ८२ औँ मिनेटमा थप गोल गर्दै २–० ले देविगञ्ज एफसीलाई स्तब्ध पार्दै ३ अंक जोड्यो । दोस्रो गोल नवोदयका १० नं. खेलाडी घनश्याम चौहानले गरेका थिए ।

खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेपनि टेन नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज नतिजा सुम्पन बाध्य भयो । देवीगञ्ज एफसीमा पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजन लिग खेलि सकेका खेलाडीहरु भएता पनि कुनै चमत्कार गर्न नसक्दा हार व्यहोरे ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

आइतबारको खेल वाइ.जी.एफ.टी र दि रियल ब्रदर्श बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर