बाल विवाह, दाइजो र लागू औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी अन्तक्रिया

बाल विवाह, दाइजो र लागू औषध दुव्र्यसन न्युनिकरण सम्बन्धी अन्तक्रिया

राजेन्द्र महतो, लहान

सिरहाको सुखीपुर नगरपालिका स्थित शिवचौकको प्राङ्गणमा शुक्रबारका दिन १ दिने बाल विवाह, दाइजो, लागू औषध दुव्र्यसन सहितको नियुनिकरण कसरी गर्ने भन्ने विषयमा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता दलित परिवर्तन समाजका अध्यक्ष परिक्षण मोचीले गरेका थिए ।

कार्यक्रम सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीप राज कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय समाजसेवी लगायत ३ सय बढीको उपस्थीति रहेको थियो । कार्यक्रममा बल बिवाह, दाइजो, लागूऔषध दुव्र्यसन नियुनिकरण कसरी गर्ने भन्ने विषयमा बिस्तृत जानकारी दिएका थिए । समाजमा अशिक्षा र जनचेतना आभावमा युवा वर्ग, बालविवाह, लागू ओषध प्रयोगमा युवाहरु पसेको अवस्था छ । यसलाई रोकथाम गर्नको लागि पहिला आफ्नो व्यहार, परिवार र समाज गर्दै परिवर्तनको सुरुवात गर्नुपर्ने सिरहा युथ नेटवर्कका सदस्य अरुणा यादवले बताइन् ।

कार्यक्रममा जिल्ला प्रशासन प्रमुखको अगुवाइमा बाल बिवाह, दाईजोप्रथा, लागु ओषध रोकथान गर्नको लागि युवा समूह गठन गठन समेत गरिएको छ ।

सोही कार्यक्रममा सुखिपुर वडा नं. ८ अध्यक्ष हरिबंश महतोले ईलाका प्रहरी कार्यालय सुखिपुरलाई दुई थान साईकल हस्तान्तरण समेत गरेका छ्न् । समाजमा बढ्ने अपराध न्यूनिकरणका लागि सहज बनाउन साइकल हस्तान्तरण गरिएको महतोले बताए । प्राप्त साइकलले पराध न्यूनिकरण गर्न, समयमा प्रहरी पुग्न सहज हुने प्रहरी उपरीक्षक उमा शंकर पंजियारले बताए ।

सम्बन्धित खवर