प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा श्रीजंगा क्लव बिजयी

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा श्रीजंगा क्लव बिजयी

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा श्रीजंगा क्लव बिजयी भएको छ । खेलको ३३ औँ मिनेटमा दिलकुमार याक्सोले गरेको गोल नै निर्णाय बन्यो ।

खेलको ६५ औँ मिनेटमा श्रीजंगाका सुवास तामाङले गरेको आकर्षक प्रहारलाई हेरिकाका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । यस्तै ७५ औँ मिनेटमा सनम धिमालको प्रहार पाेस्ट लागेर रिबाउण्ड हुँदा थप गोल गर्नबाट श्रीजंगा चुकेको थियो ।

खेलअवधिभर दवावमा रहेको हेरिक न्यूस्टारले निकैवटा प्रहारलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न पुग्यो । खेलको ५६ औँ मिनेटमा बुद्ध राना मगरको उत्कृष्ट प्रहार गोल पोस्टमा लागेर रिवाउण्ड हुँदा गोल गर्नबाट चुक्यो । लगातार ३ वटा सुनौला मौका पाउदा पनि गोललाई पोस्टको दिशा दिन नसक्दा हेरिका स्तब्ध बन्यो ।

खेलको उत्रार्धमा हेरिका निकै आक्रमक रुपमा देखिए पनि जवाफी गोल फर्काउन नसक्दा १–० गोल अन्तरले पराजित बन्न पुग्यो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफदी म्याच श्रीजंगा क्लवका खेलाडी विवेक आङ्देम्बे घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

शनिबारको खेल १० नवोदय र देवीगंज एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर