दक्षिणी भेगमा दाउराका लागि गोबरका गुइठा बनाउने दिनचर्या

दक्षिणी भेगमा दाउराका लागि गोबरका गुइठा बनाउने दिनचर्या

अर्जुन काफ्ले, पथरी

रंगेली आमगाछीकी ललिता नुनियालाई हिउद सुरु भएसंगै गोठको गोबर जम्मा गरेर बस्नु पर्ने बाध्यता छ । नुनियाले गोवर मलका लागी खेतमा हाल्न भने संकलन गरेकी होइनन् । उनले संकलन गरेको गोवर सुकाएर गुइठा बनाएर दाउराका लागि बाल्न संकलन गरेकी हुन् ।

आमगाछी कि नुनिया जस्तै त्यस क्षेत्रका गृहिणीको दिनचार्य हो गोठबाट गोबर संकलन गरेर गुइठा दाउरा बनाउने । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानियवासी बताउछन् । दक्षिणी मोरङ्गका अधिकांसबासिन्दाको दिनचार्य गोबर संकलन गर्ने र बाँसको झिक्रा अथवा सुन्टीमा गोबर दलेर दाउरा बनाएरबित्ने गरेको छ ।

मोरङ्गको उत्तरी क्षेत्रमा घना जंगल भएपनि दक्षिणी मोरङ्गमा भने दाउराकै लागि गोबर प्रयोग गर्नु पर्ने बाध्यता बनेको छ । दाउराकै अभावमा गोबरलाई मलका रुपमा नभई दाउरा बनाएर खाना पकाउनु पर्ने बाध्यता रहेको स्थानिय परमेश्वर नुनियाले बताए ।

गोबरमल खाना बनाउन प्रयोग गर्नुे पर्ने भएपछि यस क्षेत्रका किसानले रशायनिक मलको प्रयोगमा जोड दिदै आएका छन् । जसले खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरु बताउछन् ।

स्वास्थ्यकर्मीका अनुसार दाउराका रुपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हनिकारक छ । जसले भान्सामा काम गर्नेलाई स्वासप्रश्वास,दम र अन्य फोक्सो सम्बन्धी रोगले च्याप्ने उनीहरु बताउछन् ।

प्रागारिक मलका रुपमा प्रयोग हुने गोबरलाई गुइठा बनाएर दाउराका रुपमा प्रयोग गर्नु भन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरुको सुझाव रहेको छ ।

मोरङ्गका दक्षिणी भेगका स्थानियवासीन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थालेपनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिती प्रदेश नम्वर १ का सचिव अग्नी पौडेल बताउछन् । सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेटन साझेदारी वन गठन गरेपनि साझेदारी वनमा सरकारी नीती कै कारण दाउराका रुपमा भएका वन पैदावार समेत विक्रि वितरण गर्न सकिएको छैन् । गरिवका पहुचमा वन पैदावार नहुदा समेत गोवरकै दाउरा बाल्न स्थानियवासी बाध्य भएका छन् ।

सरकारी नीती अनुसार वन पैदावार डाक बडाबडमा विक्री हुने र यसरी विक्री भएको वन पैदावार पहुचवालाले नै लिने हुदा समेत समस्या भएको वनसरोकारवाला बताउछन् । खेतमा प्रयोग गर्नु पर्ने गोबरमल दाउराका रुपमा प्रयोग हुदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्य सम्वन्धी समस्या समेत बढेर गएका छन् ।

 

सम्बन्धित खवर