पथरी, टेन्सवर्ग प्रथम पथरी शनिश्चरे प्रिमियर लिग फुटबल आजबाट सुरु भएकाे छ । प्रस्तावित पथरी रंगशालामा नगर प्रमुख दिलिप कुमार राईले खेलकाे उद्धाटन गर्नुभयाे ।
उद्घाटनका क्रममा सम्बाेधन गर्दै मेयर राईले नेपालमै पहिलाे प्रिमियर लिगले नगरकाे गरिमा बढाएकाे बताउनुभयो । काेराेना कहरका बिच सुरु भएकाे खेलमा खेल अवधिभर स्वास्थ्य सतर्कता अपनाउन पनि अनुराेध गर्नुभयाे ।
नेपालमै पहिलाे मानिएकाे प्रिमियर लिगमा जम्मा ८ वटा टिम सहभागी रहेका छन् । उद्घाटन खेलमा हिमाअस हाइवे र शिखर एफसी आमुन्ने सामुन्ने रहेका छन् ।