रंगेली बसपार्क बाट लागुऔषध सहित २ जना पक्राऊ

रंगेली बसपार्क बाट लागुऔषध सहित २ जना पक्राऊ

किरण न्यौपाने, रंगेली

रंगेली ७ बसपार्कबाट लागुऔषध सहित २ युवक पक्राऊ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले १ हजार २ सय ३० थान प्रतिबन्धीत लागुऔषध नाईट्राभेट सहित सुनवर्षी नगरपालिका ९ बस्ने २४ वर्षिय कुन्दन सहनी र १९ वर्षीय आदर्श दासलाई पक्राऊ गरेको हो ।

सुराकीको आधारमा प्रहरीले रंगेली बसपार्क एरियामा शंकास्पद गतिविधि देखाएका उनिहरु सवार को ३३ प २०६२ नम्वरको मोटरसाकल रोकेर जाच गर्दा सो परिमाणमा लागुऔषध फेला परेको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए। प्रहरीले उनिहरुलाई लागुऔषध ओसार पसार अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ।

सम्बन्धित खवर