आर्थिक अभावका कारण प्रविणको उपचार हुन सकेन

आर्थिक अभावका कारण प्रविणको उपचार हुन सकेन

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका २ दौलतपुर जिलेवि चोक नजिकै बसोबास गर्दै आएका प्रशुराम गिरीका २३ बर्षका छोरा प्रविण गिरी बिगत डेढ बर्षदेखि दुबै मृगौला पिडित छन् । गिरीको आर्थिक अभाबका कारण उनको अहिले उपचार हुन सकेको छैन् ।

सवा कठ्ठा जग्गामा बसोवास गर्दे आएका उनिहरुको सो जग्गा पनि बैंकमा राखेर ऋण झिकेका छन् । बैंकबाट लिएको ३ लाख ५० हजार ऋणको ब्याज सहित करिब ५ लाख पुगिसकेको छ । बैंकले समेत बारम्बार ऋण चुक्ता गर्न पत्र काटिरहेको गिरी परिवारले जानकारी दिए । बैंकले घर जग्गा लिलामी गर्ने बेला भएको छ यता छोराको उपचार गर्न नसकेर गिरी परिवार थप पिडामा परेको छ । आफन्त र छरछिमेकीबाट लिएको १० लाख ऋणले पनि छोराको उपचारमा सुधार नआएपछि गिरी परिवार अहिले थप पिढामा परेको छ ।

नेवेल मेडिकल कलेजमा हप्तामा ३ पटक डायलासिस गराउदै आएको परिवारले जनाएको छ । ३ पटकमा करिब ४० हजार खर्च हुने गिरीले बताए । घरमा भएका सबै सम्पती छोराको उपचारमा खर्च गर्दा पनि पार नलागेको बाबु पर्शुरामले बताए । अझै छोराको उपचारका लागि १० लाख लाग्ने पर्शुरामले बताए ।

समस्यामा परेको गिरी परिवारलाई सहयोग गर्नका लागि बिराटनगरमा रहेको सिभिल बैंकमा रहेको देवि कुमारी गिरीको नाममा रहेको ००६१०३५९२९४०१८ नम्बरको बैक खातामा समेत पठाउन सकिने परिवारले जनाएको छ ।

सम्बन्धित खवर