पिकअप दुर्घटना, दुईको मृत्यु, दुई घाइते

पिकअप दुर्घटना, दुईको मृत्यु, दुई घाइते

इलाम, इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ आउँदैगरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को २ च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ अउने क्रममा दुर्घटनामा परेको हो । रासस

सम्बन्धित खवर