ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या, छाति दुख्ने, घाँटी दुख्ने, गन्ध तथा स्वाद हराउने कोभिडका सामान्य लक्षणहरू हुन् ।
तर, कोभिडको लक्षण बुझ्ने र पहिचान गर्ने बेलामा अझै धेरै लक्षण छन् जसबाट मानिस अपरिचित छन् । यसकारण, धेरै मानिसहरू भाइरसले संक्रमित बिरामीहरूमा कम सामान्य वा कम सम्भावित लक्षणलाई बेवास्ता गरेको जस्तो देखिन्छ ।
अमेरिकी जर्नल अफ ग्यास्ट्रोएन्टेरोलोजीद्वारा प्रकाशित रिपोर्टका अनुसार कोरोना भाइरसले बिरामीहरूमा पेटसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ । चीनमा दुई सय चारजना बिरामीमा अध्ययन गरेपछि ४८।५ प्रतिशत संक्रमित पेटको समस्याबाट ग्रस्त भएको पत्ता लागेको थियो । कोभिड संक्रमितमा पेटको समस्या हुनुअघि रोगको अन्य लक्षण देखा पर्न थाल्छ । त्यस्तै, झाडापखाला लाग्ने, वाकवाकी हुने र कब्जियत हुने कोभिडका अन्य समस्यामा समावेश छन् ।
धेरै कोभिडका संक्रमितमा आँखामा हुने संक्रमण हालसालै बढेको पाइन्छ । कन्जक्टिभाइटिसको रूपमा प्रख्यात आँखामा हुने संक्रमणमा आँखामा सेतो टिश्यू रातो हुने तथा सुन्निने हुन सक्छ । कन्जक्टिभाइटिसलाई कोभिडका संक्रमितमा एक दुर्लभ तर प्रचलित लक्षणको रूपमा पहिचान गरिएको छ । यसले आँखा चिलाउने र रातो हुने निम्त्याउन सक्छ, जसले पछि गएर गम्भीर जटिलता हुन सक्छ ।
अल्छीपन र थकानको भावनालाई कोभिड संक्रमितको सामान्य लक्षणको रूपमा मान्यता दिइएको छ । तर, केही संक्रमितले मानसिक थकानको गुनासो पनि रिपोर्ट गरिरहेका छन्, जसलाई ब्रेन फोग भनिन्छ । कोरोना भाइरसको संक्रमण भएको हो वा होइन भनेर पत्ता लगाउनका लागि सबैभन्दा सामान्य संकेत हेर्नु पर्छ । तर, अन्य कम ज्ञात संकेत र लक्षणलाई भने बेवास्ता गर्नु हुँदैन ।