सनराइज युथ सिराहा सञ्जालद्वारा कान पीडितको उद्धार

सनराइज युथ सिराहा सञ्जालद्वारा कान पीडितको उद्धार

राजेन्द्र महतो, लहान

सिरहाको धनगढी माई नगरपालिका ८ को विजय कुमार सिंह लाई हेल्प मधेशी, विष्मिल्लाह सेवा समाज दोहा कत्तारको आर्थिक सहयोगमा उद्धार गरिएको छ । सनराइज सिरहा युवा संञ्जालले सिंहको कानमा भएको घाउको अप्रेसन गराइ उद्धार गरेका हुन् ।

कान पिडित सिंहको घर परिवारमा कोहि पनि छैन् । ऊनी कहिलेबाटोमा त कहिले जहाँ काम गर्थे त्यही घर मालिकको घरमा गुजरा गर्दै जीवन बिताइरहेका थिए । अचानक उनको कानमा घाउ भयो र पैसाको अभावमा उनी कानको उपचार गराउन न सकेर निकै कष्टकर जीवन बितारहेका थिए । यसबारे सनराइज सिरहा युवा संञ्जाललाई जानकारी भए पछि संस्थाले उनको उपचारको लागि पहल गरेर उद्धार गरेको संञ्जालकी अध्यक्ष सोहानी शोभा साहले बताएकी छिन् ।

अध्यक्ष साहको सक्रिय भुमिकामा संञ्जालका उपाध्यक्ष पारस साह, कोषाध्यक्ष संतोस साहले पीडित सिंहलाई धरानको बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर कानको अप्रेसन गराएका छ्न् ।

पीडित सिंहको उपचारमा विष्मिल्लाह समाज दोहा कत्तारले ९० हजार र हेल्प मधेशी संस्थले ३० हजार गरी जम्मा १ लाख २० हजार उनको उपचारमा सहयोग गरिएको अध्यक्ष साहले बताएकी छिन् ।

लगभग एक वर्ष देखी कानको घाउले पीडामा रहेका सिंहको धन सम्पति त के भनु आफ्नो घर पनि छैन् । ज्यान राम्रो भएको बेला रामकुमार यादवको घरमा बसेर र ज्याला मजदूरी गरेर आफ्नो गुजारा चलाइरहेका थिए । १ वर्ष पहिला सिंहको कानमा घाउ भएको कुरा थाहा पाए पछि उपचार गराउन जाँदा रकम अभाब भएपछि उपचार गराउन सकिरहेका थिएनन् ।

सम्बन्धित खवर