अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो ।
यस्तै आयोगले प्रहरीचौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रदान कानुले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग उनमा लागेको छ । आरोपी कानुनलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
उनलाई दुई साता अगाडि खाद्यान्नसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।
‘स्टिं«ग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिं«ग अपरेशनको सहजीकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताउनुभयो । रासस