आफ्नै छोराले आमाको घाटी थिचिदिएपछि आमाको मृत्यु

आफ्नै छोराले आमाको घाटी थिचिदिएपछि आमाको मृत्यु

राजेन्द्र महतो, लहान

सिरहामा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । सिरहाको कर्जनहा नगरपालिका ३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले ८५ बर्शिया आफ्नै आमा सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेका हुन् ।

गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले आमाको घाँटी थिच्दा साह घाइते भएकी थिइन् । घाईते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए । छोरा रामअवतारलाई आवश्यक कार्वाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रामअवतारले आफ्नै आमालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेको समेत स्थानीयवासीले बताएका छ्न् ।

सम्बन्धित खवर