रंगेली, कोरोनाको संक्रमण समुदाय स्तरमै फैलि रहेको अवस्थामा सरकार संक्रमितहरुको स्वास्थ्य उपचारको जिम्मेवारीबाट पछि हटीरँहदा मोरङ्ग क्षेत्र नं. २ का सांसद डा. मिनेन्द्र रिजालले भने निशुल्क मास्क वितरण अभियान थालेको छन् । सासद डा. रिजालले आफनो निर्वाचन क्षेत्रका २० हजार जनतालाई निशुल्क मास्क वितरण थालेका हुन् ।
कोरोनाको पहिलो चरणको जोखिमको अवस्थामा आफनो निर्वाचन क्षेत्रका जनतालाई काठमाण्डौंमा समस्या पर्दा राहत उपलब्ध गराउदै जिम्मेवारी देखाएका डा. रिजालले पछिल्लो समय निःशुल्क मास्क वितरण थालेका हुन् । सरकारले नागरिकको स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने हो, तर सरकार जिम्मेवारीबाट पन्छीन्दै गएको छ । डा. रिजालले भने–मास्कको प्रयोगले केही हद सम्म भएपनी संक्रमण फैलिनबाट जोगाउछ र मैले आफनो स्तरबाट विपन्न परिवारका सदस्यहरुलाई २० हजार मास्क वितरण थालेको छु ।
मोरङ्ग क्षेत्र नं. २ मा अहिले सांसद डा.रिजालले उपलब्ध गराएको मास्क वितरण भइरहेको स्वकीय सचिव विकास सिवाकोटीले जानकारी दिए । हाल रंगेली, रतुवामाई, सुनवर्षी, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका सहित क्षेत्रका २९ वडाहरुमा वडा प्रतिनिधिहरु मार्फत मास्क वितरण भइरहेको छ ।