रंगेली ८ दर्वेशामा खुल्ला व्यामशाला उद्घाटन, मेयर वगडीयाको चौतर्फी प्रशंसा

रंगेली ८ दर्वेशामा खुल्ला व्यामशाला उद्घाटन, मेयर वगडीयाको चौतर्फी प्रशंसा

किरण न्यौपाने, रंगेली

रंगेली नगरपालिका वाड नं. ८ दर्वेशामा खुल्ला व्यामशाला सञ्चालनमा आएको छ । नगरपालिकाको करिव ५ लाख रुपैयाको लागतमा नगरमै पहिलो खुल्ला व्यामशाला सञ्चालनमा आएको हो ।

खुल्ला व्यामशालाको सोमबार एक कार्यक्रम विच रंगेली नगरपालिका मेयर दिलिप वगडियाले उद्घाटन गर्नुभएको छ । सो क्रममा मेयर दिलिप वगडीयाले नगरका सवै वडाको सार्वजनिक स्थलमा खुल्ला व्यामशाला सञ्चालन गर्ने योजना रहेको बताए । उहाले रंगेली ७ स्थित आर्यघाटमा समेत चाडै नै खुल्ला व्यामशाला सञ्चालन गरिने जानकारी दिए । रंगेली नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ढकप्रसाद आर्चायले दर्वेशा चौकमा सञ्चालनमा ल्याइएको खुल्ला व्यामशालाले आम वडाबासी लाभान्वित हुने विश्वास व्यतm गरे ।

खुल्ला व्यामशालामा शारीरिक व्यामका लागि विभिन्न ६ प्रकारका फलामे सामाग्री राखीएको छ । करिव एक महिना अघि नै निर्माण सम्पन्न भएको खुल्ला व्यामशाला उद्घाटनसंगै शारीरिक व्यामका लागि स्थानियको घुईचो लाग्ने गरेको छ ।

सम्बन्धित खवर