पथरी, मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नाम “मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर”मा रुपान्तरण भएको छ ।
प्रदेश १ सरकार मातहतमा राखी ब्यवस्थापन गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णय र प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७/७८ को बजेट वक्तब्यमा प्रदेशकै गौरबको आयोजनाको रुपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी तथा ट्रमा सेन्टरको रुपमा विकास एबम् स्तरोन्ती गर्ने बुँदा समावेश भएको थियो । असोज १३ गते मन्त्री स्तरीय निर्णय अनुसार अस्पतालको साइनबोर्ड, लेटर प्याड र कार्यालयको छाप आएको छ । लेटरप्याड र छाप ‘‘प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे मोरङ’’ बनाउन पत्र आएको छ । पत्रमा उर्लाबारी नगरपालिकालाई बोदार्थ समेत दिइएको छ ।