सिरहामा वडाध्यक्षमाथि जवरजस्ती करणीको आरोप

सिरहामा वडाध्यक्षमाथि जवरजस्ती करणीको आरोप

राजेन्द्र महतो, लहान

सिरहामा स्थानीय निकायको एक वडाध्यक्षमाथि जवरजस्ती करणीको आरोप लागेको छ । सिरहाको अर्नमा गाउँपालीका १ का अध्यक्ष गफार मियाँले स्थानीय एक महिलामाथि जवरजस्ती करणी गरेको आरोप लागेको हो ।

वडाध्यक्ष मिया माथि एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनाबारे बिशेष अनुसन्धान भईरहेको र वडाध्यक्ष गफारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले जानकारी दिए ।

सम्बन्धित खवर