ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी : उर्लाबारीस्थित भित्री सडक खण्डमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारी ९ का २९ बर्षीय देउ कुमार लिम्बुको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

आज बिहान साढे ६ बजे उर्लावारी जोरबाटोस्थित भित्रि सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए । घाईते लिम्बुको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाई –१० का २६ बर्षीय रेवत प्रसाद सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर