पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बूङमा झरेको पहिरोबाट ५ परिवार विस्थापित भएका छन् ।
लगातारको वर्षाका कारण आएको पहिरोले इम्बूङ कोल्बूङका लालबहादुर, तामाङ मैतबहादुर तामाङ, जहरमानतामाङ, शङ्खरमान तामाङ र धिरेन्द्र तामाङको परिवार विस्थापित भएको हो ।
विस्थापितहरु छिमेकीको घरमा बसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुलाई अर्कै ठाउँमा घर बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाइए छ । फाल्गुनन्द २ का वडाध्यक्ष बहादुरसिंह नेम्वाङले गाउँपालिकासँग अनुरोध गरेर उनीहरुको व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
पहिरोले फाल्गुनन्द १ नवमीडाँडाका विद्यालयमा समेत पहिरोले क्षति पुर्याएको शिक्षक दिपक दुलालले बताउनुभयो । सिद्धदेवी माविको घेराबाराको पर्खाल पहिरोले भत्काएको छ भने नवमीडाँडाकै बालविकास आधारभूत विद्यालय भोगटेनीको शौचालयमासमेत पहिरोले क्षति पुर्याएको छ ।